Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संक्रमितको संख्या घट्दै, थप २४ जनाको मृत्यु

काठमाडौं । विस्तारै कोरोना संक्रमितको संख्या केही घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजोको तुलनामा आज झन्डै ५०० ले संक्रमितको संख्या घटेको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २५९ पीसीआर परीक्षणमा १ हजार २१४ जना र ३ हजार ०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १ हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार २६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १२ हजार ७१२ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ६९ पुगेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077