Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्ण मात्रा खोप लगाएकाहरूमा कोभिडको ९० प्रतिशत एन्टीबडी : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । नेपालमा एक मात्रा मात्र कोभिड खोप लगाएका व्यक्तिहरूमा ८० प्रतिशतमा र पूर्ण मात्रा लगाएकाहरूमा ९० प्रतिशतमा एन्टीबडी देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कोभिड १९ सङ्क्रमणको दोस्रो राष्ट्रिय 'सीरोप्रिभलन्स सर्भे'मा देशभरिका ६ महिना भन्दा बढी उमेरका व्यक्तिहरूलाई समेटी गत असार २१ देखि साउन ३० गतेसम्म १३,१६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो।

सर्वेक्षणले देशभरिका ६८.६ प्रतिशत नमुनामा कोभिड १९ एन्टीबडी देखाएको मन्त्रालयले आइतवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077