Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मेसीले पिएसजीबाट पहिलो खेल खेल्नुअघि जान्नुहोस् यी कुरा

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी)ले रेइम्सको सामना गर्दैछ। खेल नेपाली समयअनुसार आइतबार राति १२ः३० बजे शुरु हुनेछ। उक्त खेलमा हालै पिएसजीमा अनुबन्धित भएका लियोनल मेसी मैदान उत्रनेछन्।

बार्सिलोनाबाट पेरिस गएका मेसीको पिएसजीबाट यो पहिलो खेल हो। पिएसजीको डेब्यूअघि यहाँ केही कुराहरुबारे जानकारी लियौं।

–मेसीले क्लबका मुख्य प्रशिक्षक माउसिरियो पोचेटिनोको निगरानीमा १५ दिन प्रशिक्षण गरिसकेका छन्।

– मेसीले कोपा अमेरिकाको फाइनलपछि हालसम्म कुनै पनि खेल खेलेका छैनन्। त्यसकारण उनको डेब्यू सब्सिच्युट खेलाडीका रुपमा हुने सम्भावना छ।

– मेसीले दोस्रो हाफमा कम्तीमा ३० मिनेट खेल्ने अनुमान गरिएको छ।

– मेसीलाई प्रशिक्षक पोचेटिनोले स्ट्राइकरका रुपमा दायाँबाट खेलाउने अपेक्षा गरिएको छ। बायाँबाट उनलाई नेयमार र बिचबाट किलियन एमबाप्पेले साथ दिनेछन्।

– माउरो इकार्डी घाइते भएका कारण मेसीले बीचबाट आक्रमण सम्हाल्ने कुरा अहिले सोच्न सकिँदैन।

तर मेसीलाई कुन समय, कति समयका लागि कहाँबाट खेलाउने भनेर प्रशिक्षक पोचेटिनोसँग धेरै विकल्पहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077