Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

२४ घण्टा बित्दा समेत खुल्न सकेन सिद्धार्थ राजमार्ग, पहिरो हटाउन मुस्किल

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा सडकखण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेको छैन ।

लगातारको वर्षाका कारण तानसेन नगरपालिका–८ तल्लो डुम्रेको पहिरो हटाउन समस्या भएपछि राजमार्गको पाल्पा क्षेत्र पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान खसेको पहिरोले पाल्पा–बुटबल सडकखण्ड अवरुद्ध भएको थियो । आइतबार राति पहिरो हटाउन डोजर प्रयोग गरिए पनि भारी वर्षाका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

आज बिहानदेखि वर्षा रोकिएकाले डुम्रेको पहिरो हटाएपछि दिउँसोदेखि नियमित रुपमा यातायातका साधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077