Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पार्टीको पक्षमा सक्रिय भूमिका खेल्न एमालेको १३ पन्ने अपानि (पूर्णपाठ)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले पार्टी विभाजनविरुद्ध उत्रिन प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको छ ।

गत भदौ ८ को स्थायी कमिटीको बैठक र भदौ १० को केन्द्रीय कमिटीको बैठकपछि आइतबार जारी अपानिमा निर्वाचन आयोगले दल छनोट गर्न पाइने भनी जारी गरेको सूचनाबाट प्रभावित नहुन  र पार्टी विभाजनविरुद्ध उत्रिन आग्रह गरिएको छ।

साथै, एमाले अध्यक्ष केपी ओलीद्वारा हस्ताक्षर गररिएको अपानिमा पार्टीको पक्षमा सक्रिय भूमिका खेल्न पार्टीका सबै जनप्रतिनिधि सदस्यहरुलाई निर्देशन समेत दिइएको छ।

'२१ दिनसम्म प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ,' अपानिमा भनिएको छ।

यसैगरी, ‘पार्टी विभाजनको दुराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्नसक्ने प्रावधान राखिएको छ,’ अपानीमा भनिएको छ, ‘अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077