Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रदीप नेपाल भन्छन् : ओलीसँग जान्न, माधवले धोका दिए

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)पार्टीमा आबद्ध नेता प्रदीप नेपालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत पार्टीले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त छोडेको भन्दै नेता नेपालले आफू उक्त पार्टी नरहेको जानकारी दिएका हुन् ।

यस्तै , नेता नेपालले आफू एमाले अध्यक्ष केपी ओलीसँग पनि नजाने उल्लेख गर्दै अध्यक्ष माधवकुमार नेपालले धोका दिएको आरोप समेत लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्,'माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ ।तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। विदा।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077