Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२,२९५ जनामा संक्रमण पुष्टि हुँदा १६ जनाको मृत्यु, १,८०८ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ जनाको पीसीआर परीक्षणमा १ हजार ९०२ र ४ हजार ३४१ को एन्टिजेन परीक्षणमा ३९३ जना गरी २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ६१ हजार १२४ जना पुगेको छ ।

जसमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा र २ हजार ५४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ७३० जनाको मृत्यु भएको छ ।

यसअघि हिजो आइतबार १,३८८ जना संक्रमित थपिँदा २४ जनाको मृत्यु भएको थियो भने  २,२६० जना डिस्चार्ज भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077