Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोनाल्डो पावर : मैदानबाहिर पनि कीर्तिमान नै कीर्तिमान ! युनाइटेडमा आएपछि के–के भयो ?

एजेन्सी । क्रिस्टियानो रोनाल्डो सर्वकालिन महान खेलाडीमध्येका एक हुन्। फुटबल इतिहासमा उनको नाम स्वर्ण अक्षरमा लेखिने कुरामा कुनै शंका छैन। लामो समयदेखि उत्कृष्ट प्रदर्शन गरिरहेका रोनाल्डो मैदानमा जति प्रभावकारी छन् मैदानबाहिर पनि उनको त्यतिनै प्रभाव छ। पोर्चुगिज फरवार्डलाई दोस्रोपटक अनुबन्ध गरेपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको मार्केट भ्यालु र क्लबका समर्थक कीर्तिमानी रूपमा बढेका छन्। दुई दिनअघि युनाइटेडले आफ्ना पूर्वखेलाडी रोनाल्डोलाई इटालियन क्लब युभेन्टसबाट अनुबन्धको घोषणा गरेको थियो। अप्रत्यासित र सनसनीपूर्ण सो सरुवालाई आधुनिक फुबटल इतिहासमै सबैभन्दा ठूलो सरुवा मानिएको छ। रोनाल्डोले विगतमा सन् २००३ देखि २००९ सम्म युनाइटेडमा खेलेका थिए। इंग्लिस मिडिया ‘इकोनोमिक वर्ल्ड’का अनुसार युनाइटेडले रोनाल्डो अनुबन्ध गरेको पहिलो घन्टामै इंग्ल्यान्डको स्टक मार्केटमा क्लबको सेयर मूल्यमा २१२ मिलियन पाउन्डले बढेको थियो। यो नेपाली रुपैयाँ ३५ अर्ब रुपैयाँभन्दा बढी हो। त्यसैगरी, पहिलो २४ घन्टामा क्लब युनाइटेडको कूल सेयर मूल्य ८ प्रतिशतले बढेको थियो। रिपोर्टअनुसार युरोपमा कुनै पनि खेलाडीको सरुवापछि कुनै क्लबको मार्केट भ्यालु यति छिटो र ठूलो अंकमा बढेको यो नै रेकर्ड हो। पछिल्ला रिपोर्टअनुसार रोनाल्डो युनाइटेडमा अनुबन्ध भएर हालसम्म क्लबमा सार्वजनिक नभएको अवस्थामा पनि युनाइटेडको कूल सेयर मूल्य लगातार बढ्नेक्रममा रहेको छ। त्यतिमात्रै होइन रोनाल्डो अनुबन्धको घोषणासँगै क्लब युनाइटडेले कीर्तिमानी नयाँ फलोअर्स पाएको छ। क्लबका विभिन्न अफिसियल सामाजिक सन्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्राममा युनाइटेडलाई पछ्याउने करोडौं समर्थक थपिएका छन्। ‘फ्याक्ट चेक’ले एक रिपोर्ट प्रकाशित गरेको छ, जसमा रोनाल्डो अनुबन्ध घोषणा गरेको पहिलो एक घन्टा र पहिलो २४ घन्टाभित्र युनाइटेडका कति फलोअर्स बढे भन्ने तथ्यांक उल्लेख छ। ‘फ्याक्ट चेक’ले रोनाल्डो अनुबन्धको घोषणाको पहिलो घन्टामै युनाइटेडले सबैखाले सन्जालमा गरेर कूल ८१ लाख ५५ हजारभन्दा बढी नयाँ फलोअर्स कमाएको छ। यो अर्को रेकर्ड हो। उसले आफ्नो रिपोर्टमा आधुनिक फुटबलमा कुनै खेलाडीको सरुवाको पहिलो घन्टामा कुनै पनि क्लबलाई ८१ लाखभन्दा बढीले पछ्याउनुलाई रेकर्ड मान्दै भनेको छ– ‘कुनै पनि खेलाडीको सरुवामा यो आजसम्मकै सबैभन्दा ठूलो रेकर्ड हो।’ ‘फ्याक्ट चेक’का अनुसार रोनाल्डो अनुबन्ध गरेको घोषणा गरेको समयले पहिलो १ घन्टाभित्र युनाइटेडको इन्स्टाग्राममा ६.५ मिलियन (६५ लाख) नयाँ फलोअर्स थपिएका थिए। त्यसैगरी, ट्वीटरमा एक घन्टामा १ मिलियन (१० लाख) र फेसबुकमा एक घन्टामा ६ लाख ५५ हजार नयाँ फलोर्स बढेका थिए। पहिलो घन्टामा सबैभन्दा बढी इन्स्टाग्राामा मात्रै ६.५ मिलियन अर्थात् ६५ लाख नयाँ फलोअर्स बढेका थिए। यी सबै गरेर युनाइटेडले मात्रै एक घन्टाको बीचमा ८ मिलियनभन्दा बढी (८१ लाख ५५ हजार नयाँ फलोअर्स पायो। रोनाल्डो अनुबन्ध गरेको पहिलो दिन (सुरुआती २४ घन्टा) पूरा हुँदा युनाइटेडलाई विभिन्न सामाजिक सन्जालमा कूल १०.५ मिलियन भन्दा बढीले फलो गरे। यो भनेको कूल १ करोड ५ लाख हो। सबैभन्दा इन्स्टाग्राामा मात्रै पहिलो २४ घन्टामा करिब ३ मिलियन नयाँ फलोअर्स बढे। बाँकी फेसबुक र ट्वीटरमा बढेका हुन्। यी तथ्यहरुले रोनाल्डो क्रेजलाई छर्लङ्ग बनाएको छ। रोनाल्डोले मैदानमा बनाएका कीर्तिमानहरुको छुट्टै हिसाबकिताब छ। फुटबल मैदानमा उनले बनाएका कतिपय कीर्तिमान सायदै कसैले भंग गर्न सक्ला।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077