Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

आयल निगमको डिपोस्थित पार्किङबाटै डिजेलसहितको ट्याङ्कर चोरी, एकजना पक्राउ

विराटनगर – प्रहरीले डिजेलसहितको ट्याङ्करचोरी गर्ने एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का २६ वर्षीय श्रवणकुमार यादव रहेका छन्।

यावदले आइतबार राति नेपाल आयल निगम, विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्याङ्करचारेका थिए। राति ट्याङ्कर लिएर भाग्दै गर्दा बूढीगंगा गाउँपालिका–३ बाँसबारीबाट ट्यांकरसहित यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

ट्याङ्कर चोरीमा यादवसहित चार/पाँच जनाको संलग्नता देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले बताएको छ।

ट्याङ्कर चोरीमा संलग्न यादव निगमका पूर्व चालक हुन्। रातको समयमा उक्त ट्याङ्कर सहचालकको भरमा थियो। सहचालक शिव खनाल शौचालय गएको मौका छोपेर चोरले राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ना४ख ४६९ नम्बरको ट्याङ्कर चोरी भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077