Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लोसपा नेपालको पार्टी कार्यालय स्थापना

राजविराज । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले सोमबार राजविराजमा जिल्ला समिति सप्तरीको कार्यालय स्थापना गरेको छ। राजबिराज बजारमा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्यद्वय शेखरकुमार सिंह र चन्द्रकान्त चौधरीले संयुक्त रुपमा पार्टी कार्यालय उद्घाटन गरे।

राष्ट्रियसभा सदस्यसमेत रहनुभएका सिंहले उत्पीडित, उपेक्षित र सीमान्तकृत जनसमुदायको उत्थान तथा विभेदबाट उन्मुक्तिको अभियानमा अविचलित भई लोसपाको अभियानमा एकजुट हुन आग्रह गरे। सङ्घीय सांसद रहेका चौधरीले मधेसी, थारु, आदिवासी, जनजाति, मुस्लिम, दलित, खसलगायत परेका सबैको उत्थान र उन्मुक्तिको लागि लोकतान्त्रिक समाजवादी पार्टी मात्र रहेको बताए।

राजविराज नगरपालिकाका पूर्वनगरप्रमुख शैलेश चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी स्थापनाले लोकतन्त्र, समानता, विविधता, समावेशीकरण बलियो हुँदै सबै क्षेत्र र उत्पीडित वर्गको हित गर्ने विश्वास व्यक्त गरे।

लोसपाका नेता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, नेता जयप्रकाश ठाकुर, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषा मण्डलले पार्टीको प्रगतिशील अभियानमा प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077