Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गरे : युवराज ज्ञवाली

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाएर ठूलो गल्ती गरेको बताएका छन।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशनअनुसार १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सहजीकरण गर्न कर्णाली प्रदेशमा रहेका नेता ज्ञवालीले यस्तो बताएका हुन्।

मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भने, 'माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गरे, कुनै दिन उनले त्यो महसुस गर्नेछन्।'

यस्तै, नेता ज्ञवालीले नेपाललाई चुनौती दिँदै अर्काे वाममोर्चा बनाएर एमालेलाई सिध्याउन खोज्दा आफै सिध्धिने र नजित्ने दाबी गरे। ज्ञवालीले माधव नेपाललाई चुनौती दिंदै अघि थपे, ‘आफूले आफूलाई सिध्याउने दिशामा लाग्नु भएको छ । एमालेको मत खोसेर हामी जित्छौं भन्ने नसोच्नुस् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077