Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रदेश-१ का १० जना सांसदद्वारा एमाले छाडेको घोषणा, भोलि निर्वाचन आयोग जाने

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले प्रदेश १ का १० जना प्रदेश सांसदहरुले पार्टी परित्याग गरेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने घोषणा गरेका छन्।

एमाले त्यागेर एकीकृत समाजवादीमा जाने १० जना सांसदहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा रहेका छन् ।

नेता राजेन्द्र राईका अनुसार विराटनगरको एक होटेलमा चार दिनसम्म बसेर छलफल गरेपछि उनीहरुले एमाले त्यागेर नेकपा एकीकृत समाजवादीमा जाने सामुहिक निर्णय गरेका हुन् ।

यसअघि उनीहरु होटेलमा छलफल गरेर बस्दा एकीकृत समाजवादीमाथि सांसदलाई होटलमा राखेर बन्दक बनाएको अरोप लागेको थियो । समाजवादीमा लागेका १० सासदहरुले सोमबार साँझदेखि उक्त होटल छाडेका छन् । उनीहरु गत शुक्रबारदेखि उक्त होटेलमा बस्दै आएका थिए।

यता, होटल छाडेपछि प्रतिकृया दिँदै नेता राजेन्द्र राईले भने, 'हामीले एमलेत्याग गरेका छौं, हामीहरु समाजवादी दल रोजेको पत्र भोलि (बुधबार) निर्वाचन आयोगलाई दिने तयारीमा छौं,' उनले भने, ‘भोलि प्रदेश निर्वाचन आयोगमा मात्रै सबैको भेट हुन्छ । होटलमा बस्दा विभिन्न कुरा सुनेपछि हामीले होटल छाडेका हौँ ।’

उनका अनुसार आजै निर्वाचन आयोग जाने तयारी रहेको थियो तर प्रदेश सरकारले मंगलबार झापा, मोरङ र सुनसरीमा रथ तान्न सार्वजनिक विदा दिएपछि उनीहरु बुधबार मात्रै आयोगमा जाने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077