Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्वाचन आयोगको सूचनाले माधव नेपाललाई फाइदा

    केपी ओलीलाई लाग्यो ठूलो झड्का, आजमात्रै एमालेका ४८ जना सांसदले रोजे नेकपा समाजवादी

    केपी ओलीलाई लाग्यो ठूलो झड्का, आजमात्रै एमालेका ४८ जना सांसदले रोजे नेकपा समाजवादी

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 4.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका नेता माधवकुमार नेपाललाई ठूलो सफलता मिलेको छ।

    मंगलबार नेकपा एमालेका ४८ जना सांसदहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले पार्टी परित्याग गरेर अध्यक्ष माधव नेपालको एकीकृत समाजवादी रोजेपछि उनलाई ठूलो सफलता मिलेको हो ।



    ४८ सांसदहरुमध्ये, प्रदेश १बाट १०, बागमतीबाट १२, सुदूरपश्चिम प्रदेशसभाबाट १३ र प्रदेश नं २ बाट पनि १३ जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीतिर लागेका छन् । जसमध्ये बागमतीका सांसदहरुले केही बेर अघि प्रदेश निर्वाचन आयोगको कार्यालयमा गएर नेपाल नेतृत्वको नेकपा (एस) रोजेको बताइएको छ।



    यस्तै, प्रदेश १ का १० जना सांसदहरु भोलि बुधबार आयोगको कार्यालयमा पुगेर नेकपा एस नै रोज्ने तयारीमा रहेको बताएका छन्। उनीहरु आजै जाने कार्यक्रम रहेपनि आज उक्त प्रदेशमा सार्वजनिक बिदा परेकाले भोलिलाई सारिएको बताएका छन्।

    यसैगरी, सुदुरपश्चिममा भने भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस) मा लागेको छ।

    यता, २ नं प्रदेशका १३ जना सांसद्हरू बैठकपछि सनाखतका लागि निर्वाचन आयोग जाने भएका छन् । एमाले छाडेर एकीकृत समाजवादी रोजेका प्रदेश २ का सांसद् शत्रुधन महतोले भोलि वा पर्सितिर बैठक बसेर निर्णय गर्ने अनि मात्रै प्रदेश निर्वाचन कार्यालय जाने बताए ।

    पार्टीभित्र विवाद बढेका बेला गत चैतमा माधव नेपाल पक्षले महतोलाई नै संसदीय दलको नेता चयन गरेको थियो। तत्कालीन एमालेको २१ मध्ये १३ सांसद्को मतबाट महतो संसदीय दलको नेतामा निर्वाचित भएका थिए। महतोका अनुसार उनको पक्षमा पहिल्यैदेखि १३ जना यथावत् रहेका छन्।

    निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुलाई सूचना जारी गरेको छ।

    गत भदौ २ गते गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले ९ गते आयोगबाट मान्यता पाएको थियो। त्यसै दिन आयोगले सनाखत समेत गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार