Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेमा पहिरो, २२ जना सांसदहरुले रोजे माधव नेपालको नेकपा समाजवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले वाग्मती प्रदेशसभाका १२ जना सांसदहरुले एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

यसअघि निर्वाचन आयोगले निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्म समय दिएको थियो।

एमाले पार्टी परित्याग गरेका उनीहरुले मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर आफूहरू नेकपा एकीकृत समजवादी पार्टीमा रहन चाहेकाे बताएको आयोगले जनाएको छ।

आयोगका अनुसार पार्टी रोज्ने सांसादहरू राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल र कृष्ण खनाल रहेका छन् ।

यसअघि आजै एमाले प्रदेश १ का १० जना सांसदहरुले पनि एमाले त्याग गरेको घोषणा गर्दै नेकपा एकीकृत समाजवादी रोजेका छन्। उनीहरु पनि बुधबार प्रदेश स्थित आयोगको कार्यालयमा उपस्थिति हुने कार्यक्रम रहेको छ। सांसदहरुको यो निर्णयसँगै नेकपा एमालेमा पहिरो  गएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077