Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप छनोट : पोर्चुगल र आयरल्याण्ड भिड्दै, यस्तो छ हालसम्मको तथ्याङ्क

एजेन्सी – विश्वकप फुटबलको छनोट खेलमा बुधबार राति पोर्चुगलले आयरल्याण्डको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बुधबार राति १२ः३० (बिहीबार बिहान) बजे शुरु हुनेछ।

खेल पोर्चुगलको इस्टाडिओ अलगार्भे स्टेडियममा हुनेछ। समूह ए अन्तगर्तको यो खेलमा आयरल्याण्ड पहिलो जितको खोजीमा हुनेछ। त्यस्तै बलियो टोली पोर्चुगल तेस्रो जितको खोजीमा हुनेछ।

हालसम्मको स्थितिमा यी दुई टोलीले १३ खेलमा प्रतिस्पर्धा गरिसकेका छन्। तीमध्ये ७ खेलमा पोर्चुगल विजयी भएको छ भने ४ खेलमा आयरल्याण्डले जित निकालेको छ। २ खेल बराबरीमा सकिएको छ।

पोर्चुगल समूहको शीर्षस्थानमा छ। ३ खेलमध्ये २ मा जित र एक खेलमा बराबरी गरेको पोर्चुगलको ७ अंक छ। समान अंकका साथ सर्बिया दोस्रो स्थानमा छ। दुबै खेल हारेको आयरल्याण्ड अंकविहिन छ।

पोर्चुगलको सम्भावित प्लेइङ ११ः

प्याट्रिसियो, सेन्सेलो, पेपे, डायस, गुइरेरो, पेरेइरा, माउटिन्हो, फर्नान्डेज, बी सिल्भा, रोनाल्डो, जोटा

आयरल्याण्डको सम्भावित प्लेइङ ११ः

केलेहेर, इगन, डफी, ओशिया, डोहेर्टी, हेन्ड्रिक, होउरिहने, कुलेन, एमसीक्लिन, कोनोली, इदाह

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077