Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल भर्सेस भारत : खेलअघि भारतीय कप्तान सुनिल क्षेत्रीले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । नेपालले भदौ १७ र २० गते भारतसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीस्वरुप यो खेल खेल्न लागिएको हो।

नेपालले छिमेकी देश भारतसँग सन् २०१८ को विश्वकप छनोट खेलमा प्रतिस्पर्धा गरेको थियो। सो खेल गोल रहित बराबरीमा सकिएको थियो। उक्त खेलबारे भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले आफ्नो प्रतिक्रिया दिएका छन्।

उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लागेको बताएका हुन्। कोरोनाका कारण कठिन परिस्थितिमा खेल खेल्न लागिएको भन्दै हुन जे भए पनि नेपालसँग खेल्नका लागि उत्सुक रहेको बताए।

त्यस्तै क्षेत्रीले नेपाली टोली बलियो र कठिन प्रतिद्वन्द्वी रहेको पनि जानकारी दिए। नेपालले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको बताउँदै उनले नेपाली टोलीको प्रशंसा गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077