Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेसीको तलब रोनाल्डोकोभन्दा डब्बल, यी हुन् सर्वाधिक धेरै कमाउने १० फुटबलर (नाम र रकमसहित)

एजेन्सी । फुटबल विश्वमा सर्वाधिक धेरै हेरिने खेल हो। साना केटाकेटीदेखि लिएर पाका उमेरसम्मका मानिसहरु फुटबल हेरेर रमाउने गर्छन्। वर्तमान फुटबल विश्वका धेरै उत्कृष्ट खेलाडीहरु छन्।

ती खेलाडीहरुले कति कमाउँछन् होला ? जिज्ञासा हुन सक्छ। त्यसकारण यहाँ सर्वाधिक धेरै तलब लिने विश्वका १० फुटबल खेलाडीको जानकारी लिऔं।

१०. रोबेर्ट लेवान्डोस्की (बायर्न म्युनिख–४ लाख ८३ हजार)

९. डेभिड दि गेया (म्यानचेस्टर युनाइटेड– ५ लाख १७ हजार)

८. केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी– ५ लाख ३१ हजार)

७. क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड– ५ लाख ३१ हजार)

६. किलियन एमबाप्पे (पेरिस सेन्ट जर्मन– ५ लाख ६६ हजार)

५. ग्यारेथ बेल (रियल मड्रिड– ६ लाख ९० हजार)

४. एन्टोनी ग्रिजम्यान (एथ्लेटिको मड्रिड– ७ लाख ९३ हजार)

(ग्रिजम्यानको यो तलब उनले बार्सिलोनामा हुँदा लिदै आएको रकम हो। उनी भर्खरै मात्र एथ्लेटिको मड्रिड फर्किएका छन् र क्लबले उनलाई करिब बार्सिलोनामा जति नै पारिश्रमिक दिने बुझिएको छ)

३. लुइस सुआरेज (एथ्लेटिको मड्रिड– ७ लाख ९३ हजार)

२. नेयमार (पेरिस सेन्ट जर्मन– ८ लाख ३६ हजार)

१. लियोनल मेसी (पेरिस सेन्ट जर्मन– १३ लाख २५ हजार)

माथि उल्लेखित रकम अमेरिकी डरलमा हो। खेलाडीहरुले उक्त रकम एक सातामा लिने गर्छन्।

स्रोत : मार्का  Top 10 highest-paid soccer players in the world in 2021

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077