Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस वडा अधिवेशन : कतै उत्साह कतै अन्योल

काठमाडौं । पर्सि शुक्रबारदेखि शुरू हुन लागेको नेपाली कांग्रेसको वडा अधिवेशनमा कतै उत्साह देखिएको छ भने कतै अन्योल भइरहेको छ। पूर्वघोषित कार्यतालिकाअनुसार भदौ १८ गते देशभर ६ हजार ७ सय ४३ वडामै एकै दिन अधिवेशन गर्ने भनिएको थियो।

दुई दिनअघिसम्म पनि सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा शुक्रबार धेरै वडाको अधिवेशन भने नहुने पक्का भएको छ। केन्द्रीय निर्वाचन समितिले सम्भव भएजति वडाको अधिवेशन पर्सि १८ गते नै गर्ने र यो दिन अधिवेशन गर्न नसकिएको वडाहरूमा २७ गते हुने गाउँ/नगर अधिवेशन भन्दा दुई/तीन दिनअघिसम्म वडा अधिवेशन गर्ने तयारी गरेको छ।

क्रियाशील सदस्यता विवाद नटुंगिएका कारण २१ जिल्लामा अझै निर्वाचन अधिकृत खटाउन सकेको छैन। निर्वाचन अधिकृत खटाइएको केही जिल्लामा अझै विवाद कायम रहेको छ।

निर्वाचन समितिले मंगलबार साँझसम्म क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको ५६ जिल्लामा मात्र निर्वाचन अधिकृतलाई जिल्ला खटाएको जनाएको छ। कांग्रेसको क्रियाशील सदस्य वडा अधिवेशनका प्रतिनिधि तथा मतदाता हुन्। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077