Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झलनाथलाई भेट्न डल्लु पुगे प्रचण्ड, फूलको बुकी दिँदै गरे स्वास्थ्य लाभको कामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

पूर्वप्रधानमन्त्री खनाललाई भेट्न अध्यक्ष प्रचण्ड आज बिहान खनाल निवास डल्लु पुगेका थिए । प्रचण्डको सचिवालयका अनुसार सो अवसरमा उनले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेतासमेत रहेका खनाललाई फूलको बुकी दिँदै स्वास्थ्यलाभको कामना गरेका थिए ।

भेटका क्रममा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको स्रोतले जनाएको छ ।

भारतमा मिर्गौला प्रत्यारोपण गराएका पूर्वप्रधानमन्त्री खनाल यही भदौ १४ गते स्वदेश फर्किएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077