Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उपत्यकामा ४ महिनापछि निषेधाज्ञा हट्यो, विद्यालयसँगै फिल्म हल पनि खुल्ने

काठमाडौं । कोरोना भाइरसको महामारीको जोखिम नियन्त्रणका लागि जारी गरिएको काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि हटेको छ।

आज (बुधबार) बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का सीडीओहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीका अनुसार ती आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुने छन्। 'निषेध भन्ने शब्दलाई हटाएर हामीले आदेश जारी गरेका छौं, सीडीओ पराजुलीले भने, 'स्वास्थ्य मापदण्डहरू पालना गरेर कृयाकपलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा गयौं।'

यस्तै, बैठकले  भौतिक उपस्थितिमा पठनपाठन नगर्न भने पनि गर्नै पर्ने अवस्थामा कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने निर्णय गरेको छ।

यसैगरी पसल, रेष्टुरेन्ट, होटललगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ । उक्त आदेशसँगै फिल्म हलहरु भोलिदेखि खुल्ने भएका छन् । सीडीओ पराजुलीका अनुसार स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको हाे ।

प्रशासनले निर्णय गरेपनि फिल्म हलहरु तत्काल खुल्ने अवस्था भने देखिदैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077