काठमाडौँ । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार अर्को साता नेपाल आउने भएकी छन् ।
'उपाध्यक्ष फातिमा अर्को साता नेपालमा आउदै हुनुहुन्छ, स्रोतले भन्यो । स्रोतका अनुसार उनी एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आउने भएकी हुन्।
नेपालमा उनले एमसीसी हेडक्वाटरमा विशेष गरी गरीबी निवारणका लागि लक्षित परियोजनाहरुको सुपरीवेक्षण गर्ने बताइएको छ।
[insert page='83350' display='yopanipadhnuhos.php']
उनले नेपाल भ्रमणको क्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको स्राेतले बताएकाे छ ।
एमसीसी लामो समयसम्म प्रतिनिधिसभाबाट अगाडि बढ्न सकेको छैन।