जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का ११ जना सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) रोजेका छन्। योसँगै जसपा अध्यक्ष उपेन्द्र यादवलाई ठूलो झट्का लागेको छ।
निर्वाचन आयोगले दल रोज्नका लागि जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्मको समय तोकेको छ।
[insert page='83239' display='yopanipadhnuhos.php']
सांसद जितेन्द्र सोनलको नेतृत्वमा ११ सांसदले आज सनाखत गरेका हुन् । लोसपासँग हाल २२ सांसद मात्र रहेका छन् ।
यी हुन लोसपामा सनाखत गर्ने नेताहरु:
१. प्रमेश्वर साह
२. सरिता साह
३. बबिता हुमारी
४. निलमदेवी भूमिहारिन
५. अल्का झा
६. गौरी नारायण साह
७. जानकी शरण साह
८. जैलुन राइन
९. रमेश प्रसाद कुर्मी
१०. बाबुलाल साह
११. उपेन्द्र महतो