Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

'जयसिंह धामीले न्याय पाउने दिन गए, गजव छ नेपाली राजनीतिको भारतीय मानवता !'

काठमाडौँ । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिले आफ्नो प्रतिवेदन मंगलबार गृह मन्त्रालयमा बुझाएको छ । पटकपटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको भनेर आलोचना खेपेको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। तर, घटनाको छानबिन गर्न गठित समितिले मङ्गलवार गृहमन्त्रीलाई बुझाएको प्रतिवेदन कार्यान्वयनबारे "आफूहरू छलफलकै चरणमा रहेको" गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्। समितिले 'उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको' प्रतिवेदनमा उल्लेख गरेको मन्त्रालयले वक्तव्यमार्फत् जानकारी दिएपनि त्यसको कार्यान्वन नहुने सत्तारुढ दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बताएका छन्। भण्डारीले ट्वीट गरेका छन्, 'जयसिंह धामी! तिमीले न्याय पाउने दिन गए। मानवतावादी, कृतघ्न र मृतहरूको मुखमा मानवतावाद! द्रौपदी वस्त्रहरण भएको सभामा भीष्म, द्रोणाचार्य, कृपाचार्य र नीतिनिपूण विदुरको जस्तो मौनता भयो हाम्रो। गजब छ- भारतीय मानवता र न्याय साथै नेपाली राजनीति!'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077