Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले छाडेर एकीकृत समाजवादीतिर लाग्ने प्रदेश सांसदको संख्या ५२ पुग्यो, कहाँबाट कतिले छाडे ओलीको साथ ?

काठमाडौं । नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएपछि जनप्रतिनिधिहरुले धमाधम पार्टी रोज्न थालेका छन्। निर्वाचन आयोगले दल रोज्नका लागि भदौ २२ गतेसम्मको समय दिएपछि प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो कित्ता क्लियर गरिरहेका छन्।

हालसम्म अधिकांश प्रदेशका सांसदहरुले पार्टी रोजीसकेका छन्। केही सांसदहरु भने विचाराधिन अवस्थामा छन्। अहिलेसम्म प्रदेश १ बाट १० जना, बागमतीबाट १२ सुदूरपश्चिमबाट १३, प्रदेश २ बाट १३ जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजिसकेका छन्।

त्यस्तै लुम्बिनी प्रदेशबाट १ जना, कर्णालीबाट ३ जना सांसदहरुले एकीकृत समाजवादी पार्टी रोजेका छन्। गण्डकी प्रदेशबाट भने हालसम्म कुनै पनि सांसदले पार्टी रोजेका छैनन्। त्यहाँका सांसदहरु अहिले पनि सोचमग्न अवस्थामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077