Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खैरो हेरोइन ‘डिल’ गर्दागर्दै पक्राउ परे तीन युवक

हेटौंडा – मकवानपुर प्रहरीले आगुऔषध ‘खैरो हेराइन’ डिल गरिरहेको अवस्थामा पक्राउ तीनजनालाई पक्राउ गरेको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ बाट ३ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा उपमहानगरपालिका–५ स्थित ३२ वर्षीय एन्जल मास्केको घरबाट सरोज डंगोल, सुशिलकुमार लामा र घरधनी मास्केलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

उनीहरुको साथबाट प्रहरीले २५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। प्रहरीका अनुसार एन्जलको घरमा सुशीलकुमार लामा र सरोज डंगोल लागुऔषध किन्न गएका थिएर। हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077