Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

घरेलु दर्शकमाझ आज नेपालले भारतको सामना गर्दै, हेड टु हेडमा को बलियो ?

काठमाडौं – नेपाली फुटबल टोलीले आज (बिहीबार) भारतीय फुटबल टोलीको सामना गर्दै छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ बजे शुरु हुनेछ।
मैत्रीपूर्ण यो खेलमा नेपाललाई घरेलु दर्शकको साथ मिल्नेछ।

कोरोनाको दुबै खोप लगाएकाहरुलाई टिकट काटेर जाने दिइने व्यवस्था भएको छ। करिब ६ हजार दर्शकले आजको खेल हेर्न पाउने बताइएको छ। खेलअघि नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले इतिहास लेख्न चाहेको बताएका छन्।

भारतविरुद्धको दुबै खेल जित्नका लागि खेलिने जानकारी दिँदै उनले रियल गोर्खालीहरु भारतको सामना गर्न तयार रहेको बताए। अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपाल र भारतले २ मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। दोस्रो खेल २० गते शनिबार हुनेछ।

हेड टु हेडमा को बलियो ?

हालसम्म नेपाल र भारतबीच हालसम्म १९ खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये भारतले १३ खेल जितेको छ। नेपालले २ मात्र खेल जितेको छ भने ४ खेल बराबरीमा सकिएको छ।

पछिल्लोपटक नेपाल र भारतको भेट २०१७ को जुन महिनामा भएको थियो। मैत्रीपूर्ण उक्त खेलमा नेपाल २–० गोलले हारेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077