Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दाङमा बाढीले जीप बगायो : एकैघरका दिदिबहिनीसहित ४ जनाको मृत्यु

दाङ । दाङमा बाढीले जीप बगाउँदा दिदीबहिनीसहित चार जनाको मृत्यु भएको छ। घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरका दुई दिदिबहिनीसहित चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा घोराही १३ का ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ का ३० वर्षीया राधा श्रेष्ठ कुँवर, घोराही १३ का ४० वर्षीया रितामाया पुन र घोराही १४ का ४२ वर्षीया विमला केसी रहेका छन्। राधा र शुसीला घोराही उपमहानगरपालिका– १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन्।

बेपत्ता भएका पुन र केसीको पनि शव केहीबेरअघि भेटिएको हो। जीपका चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनलाई प्रहरीले उद्धार गरेको छ। उनको खुट्टा भाँचिएको छ।

पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। भारतको रुपैडियामा किनमेल गरेर फर्कदै गर्दा प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077