Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिंहदरवारमा सिंहझैँ देखिएका माधव भन्छन् : २२-२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैनन्

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी भदौं २३ गतेसम्म मन्त्रिपरिषद विस्तार नहुने संकेत गरेका छन्।

बिहीबार सिंहदरबारमा सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तार तत्काल नहुने संकेत गरेका हुन्।

मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘२२-२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैनन्।’

यस्तै, अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट गरेका छन् । सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077