Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस महाधिवेशन : सभापतिका चार जना आकांक्षी भन्छन् - एउटाले मात्रै उम्मेदवारी दिन्छौं

काठमाडौँ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न पार्टीको महाधिवेशनमा सभापतिको साझा उम्मेद्वार बनाउने प्रतिवद्धता जनाएको छ ।

बिहीबार पौडेल समूहले पार्टी कार्यालय सानेपामा संयुक्त पत्रकार सम्मेलन गरी आफूहरु साझा उम्मेद्वार बनाउन लागि परेको बताएका हुन् ।

वरिष्ठ नेता पौडेल महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको आकांक्षी रहेकाे यो समूह साझा उम्मेद्वार बनाउन लगातार छलफलमा जुटे पनि निष्कर्षमा पुग्न भने सकेको छैन । तर, सभापति आकांक्षी रहेका नेताहरुले सभापतिमा एउटै उम्मेदवार दिने प्रतिवद्धता जनाएका हुन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले भने, ‘पार्टी बचाउन एक भएर अगाडि बढ्छौं, सभापतिमा एउटै उम्मेदवार दिन्छौं ।’ सबै नेताहरुको तर्फबाट छोटो सम्बोधन गरेका पौडेलले थपे, ‘हामी १४ औं महाधिवेशनको अन्तिम अवस्थासम्म पनि एकताबद्ध रहन्छौं । हामीबीच कुनै पनि किसिमको आँच आउँदैन । हामी देशभरिका साथीहरुलाई यो सन्देश दिन चाहन्छौं।'

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य बलबहादुर केसी, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्र बडु, गगन थापा, जीवन परियारलगायत नेताहरु सहभागी थिए ।

[insert page='83622' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077