Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

समयमै १ करोड खोप लगाउन सफल भएको भन्दै डब्लुएचओले नेपाललाई दियो बधाई

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल सिंहले नेपालले समयमै कोरोनाविरुद्धको खोप लगाउन सफल भएकामा बधाईसमेत दिएकी छन् ।

निर्देशक खेत्रपालले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाई दिएकी हुन् ।

नेपालमा बुधबारसम्म कोभिडविरुद्धको खोप लगाउनेको संख्या एक करोड नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जुन संख्या लक्षित जनसंख्याको ४६ दशमलव ४ प्रतिशत हो।

मन्त्रालयका अनुसार नेपालमा कोभिडविरुद्धको पहिलो मात्रा लागाउनेको संख्या हालसम्म ५४ लाख २४ हजार आठ सय ३६ (१७.९ प्रतिशत) र पूर्णमात्रा ४६ लाख ६७ हजार तीन सय २८ (१५.४ प्रतिशत) गरी एक ९२ हजार एक सय ६४ जनाले कोभिड प्रतिरोधी खोप प्राप्त गरेका छन्।

यस्तै, नेपालमा हालसम्म दुवै चरणको खोपको मात्र लगाउनेको संख्या १ करोड ९२ हजर १६४ पुगेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

[insert page='/83562' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077