Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एआईजीहरुको सरुवा : पाल मेट्रोमै, थापा कार्यविभागमा

काठमाडौं । सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरुको सरुवा गरेको हो ।

सरुवा निर्णयअनुसार एआईजी हरी पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रों मै यथावत राखिएको छ । एआईजी विश्वराज पोखरेलकाे मानव स्रोत एवं प्रशासन विभागमा सरुवा भएको छ भने एआईजी प्रधुम्न कार्कीको अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।

त्यसैगरी एआईजी निरज शाही प्रहरी एकेडीमीमा सरुवा भएका छन् भने केही समय अघि मात्र एआईजीमा बढुवा भएका सहकुल थापालाई कार्य विभागमा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077