Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर अस्पतालमा अख्तियारले यसरी हान्यो छापा (भिडियोसहित)

चितवन । जिल्लास्थित भरतपुर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ ।

अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णुप्रसाद सापकोटासहितको टोलीले अस्पतालको फार्मेसीमा छापा हानेको हो।

अख्तियार स्रोतका अनुसार अस्पतालमा टेन्डर सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसीका तर्फकालाई नदिएर सिएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतको उजुरी परेको परेको थियो।

‘अस्पतालको फार्मेसीमा अनियमितता भएको उजुरी परेको थियो, अनुसन्धानका लागि आवश्यक कागजात जुटाउन अस्पतालमा छौं,’ छापामा खटिएका एक व्यक्तिले अनलाइन नेपालसँग भने, ‘ लेखाबाट आवश्यक कागजात लिन्छौं, फार्मेसी र औषधिको अवस्थाबारे बुझ्छौं ।’

यसअघि अख्तियारले वीरगञ्जको नारायणी अस्पतालको फार्मेसीका पनि छापा हानेको थियो।

हेर्नुहोस् भिडियो :

[video width="640" height="368" mp4="https://media.sobizcdn.com/onlinenepal.com/media-file/images/2021/09/video-1630584452.mp4"][/video]

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077