Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल-भारतबीचको सुरुवाती ४५ मिनट : घरेलु टोलीलाई १-०को अग्रता

काठमाडौं । भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले सुरुवाती अग्रता बनाएको छ।

पहिलो हाफ अन्तर्गत खेलको ३६ औं मिनटमा नेपालका लागि अन्जन बिष्टले सुरुवाती गोल  गरेका हुन् । भारतका चिनलेनािना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंहले नियन्त्रणमा लिन नसकेको बललाई अन्जनले नियन्त्रणमा लिदै गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका हुन् ।

खेलमा अहिले पहिलो हाफ सकिएको छ।

यसअघि खेलको चौथो मिनेटमा अन्जन विष्टको क्रसलाई भारतीय गोलरक्षक गुरुप्रित सिंह सन्धुले सहजै नियन्त्रणमा लिएका थिए  ।

यता भारतका लागि २४औं मिनेटमा ब्रँनडन फर्नान्डेसको कर्नरलाई गोलक्षक किरण चेम्जोङले पञ्च गर्दै खतरा टारे । २६औं मिनेटमा आयुष घलानको क्रसलाई फरवार्ड नवयुग श्रेष्ठले जर्ज गर्न सकेन । २८औं मिनेटमा पुजन उपरकोटीको प्रहार फितलो बन्यो । ३२औं मिनेटमा सुमन लामालाई फउल गरेपछिको प्राप्त फ्रिकिकमा अन्जन विष्टको प्रहार आकासिदा नेपाल अग्रता लिनबाट चुक्यो ।

नेपालले भारतसँग खेल्न लागेको  मैत्रीपूर्ण दोस्रो खेल आइतबार हुनेछ।

फिफा वरीयतामा भारत नेपालभन्दा माथि रहेको छ । पछिल्लो वरीयतामा भारत १ सय ५ औं स्थानमा रहेको छ । नेपाल १ सय ६८ औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077