Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालको अग्रता ३० मिनेट पनि टिकेन, भारतले फर्कायो बराबरी गोल

काठमाडौं । नेपालविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पाहुना टोली भारतले बराबरी गोल फर्काएको छ।

खेलको ६० औं मिनेटमा भारतीय खेलाडी सुनील क्षेत्रीले नेपाली पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गरेका हुन् ।

त्यसको केही मिनेट अघि नेपाली गोलरक्षक तथा कप्तान किरण चेम्जोङलाई पहेंलो कार्ड दिइएको थियो । किरणले आफ्नो स्थान छाडेर बल क्लियर गर्ने क्रममा भारतीय खेलाडीलाई मैदानमा लडाएपछि पहेंलो कार्ड पाएका थिए ।

खेलमा सुरुवाती अग्रता भने नेपालले बनाएको थियो ।

पहिलो हाफ अन्तर्गत खेलको ३६ औं मिनटमा नेपालका लागि अन्जन बिष्टले सुरुवाती गोल  गरेका हुन् । भारतका चिनलेनािना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अन्जनले नियन्त्रणमा लिदै गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका हुन् । अन्जानको यो पांचौं अन्तराष्ट्रिय गोल हो।

खेलमा दोस्रो हाफ चलिरहेको छ।  माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ।

फिफा वरीयतामा भारत नेपालभन्दा माथि रहेको छ । पछिल्लो वरीयतामा भारत १ सय ५ औं स्थानमा रहेको छ । नेपाल १ सय ६८ औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077