Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सैनिक जवान गंगाधर ढकाललाई जन्मकैदको फैसला, २ जवानको फैसला आउन बाँकी

चितवन । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद गर्ने फैसला सुनाएको छ। साथीको हत्या आरोपमा पक्राउ परेका ढकाललाई जन्मकैदको फैसला सुनाइएको हो।

महेन्द्र दल गणमा कार्यरत ढकाललाई बिहीबार २५ वर्ष कैद सजाय हुने फैसला गरेको सैन्य प्रवक्ता (सहायक रथी) सन्तोष वल्लभ पौड्यालले जानकारी दिए। ढकाललाई महेन्द्र दल गणमा कार्यरत हुँदा साथी हुद्दा भरत गुरुङको हत्या गरेको आरोपमा साउन ७ गते पक्राउ गरिएको थियो।

ढकालका साथी गुरुङ चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका थिए। शंकास्पद अवस्थामा लशव भेटिएपछि प्रहरीले अनुसन्धानलाई अघि बढाएको थियो। अनुसन्धानबाट कालिबहादुर गणबाट चोरेको सट मेशिन गन ‘एसएमजी’ प्रयोग गरी गुरुङको हत्या गरेको पत्ता लागेको थियो।

सैन्य अदालतले भविष्यमा पनि ढकाल सरकारी सेवाका लागि योग्य नहुने फैसला गरेको छ। कर्तव्य ज्यान, बैङ्किङ कसुर र हात हतियार खरखजाना मुद्दामा संलग्न भएको प्रमाणित भएपछि उनले अब सरकार सेवामा काम गर्न पाउने छैनन्।

त्यस्तै, हतियार ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङबारे फैसला आउन बाँकी छ।

२०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले गरेको निर्णय विरुद्ध उनीहरूले जङ्गी अड्डा स्थित विशेष सैनिक अदालतमा पुनरावेदन गरेका थिए। विशेष अदालतको निर्णय आउन बाँकी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077