Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोट : इंग्ल्याण्डको फराकिलो जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा इंग्ल्याण्डले फराकिलो जित निकालेको छ। बिहीबा राति भएको खेलमा इंग्ल्याण्डले घरेलु टोली हंगेरीलाई ४–० गोलले पराजित गरेको हो।

इंग्ल्यान्डलाई शानदार जित दिलाउन रहिम स्टर्लिङ, ह्यारी केन, ह्यारी मगाएर र डिक्लन रिसले गोल गरेका थिए। खेलको पहिलो हाफमा नै आक्रामक देखिएको इंग्ल्याण्डले गोलका लागि भने ५५ औं मिनेट कुर्नुपरेको थियो।

५५औं मिनेटमा रहिम स्टर्लिङले गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए। ६३औं मिनेटमा कप्तान ह्यारी केनले टोलीको अग्रता दोब्बर बनाए। ६९औं मिनेटमा ह्यारी मगाएरले लुक साको पासमा गोल गरे गर्दै टोलीको अग्रता तेब्बर बनाए। खेलको अन्तिम समयमा गोल गर्दै डिक्लन रिसले इंग्ल्याण्डको फराकिलो जित पक्का गरे।

यही समूहको अर्काे खेलमा पोल्यान्ड र एन्डोरोले सफलता हात पारेको छ। पोल्यान्डले अल्वानियालाई ४–१ ले पराजित गरेको छ। एन्डोराले सान मारिनोलाई २–० ले पराजित गरेको छ।

समूह ‘आई’ मा इंग्ल्यान्ड ४ खेलमा अपराजित रहँदौ १२ अंक जोडेर शीर्षस्थानमा छ। पराजित हंगेरी ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

पोल्यान्ड ७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। अल्वानिया ६ अंकसहित चौथो स्थानमा रहेको छ। पहिलो जित हात पारेको एन्डोराको ३ अंक रहँदा सान मारिनो अंक विहीन हुदै पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077