Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुम्बिनीका मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर, ८ मन्त्रालयको जिम्मा मुख्यमन्त्री केसीलाई

    लुम्बिनीका मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर, ८ मन्त्रालयको जिम्मा मुख्यमन्त्री केसीलाई

    अनलाइन नेपाल
  • शुक्रबार, १८ भाद्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    बुटवल। लुम्बिनी प्रदेशका मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गरिएको छ।

    प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार मन्त्रिपरिषद् हेरफेर र कार्य विभाजन गरेका हुन्।



    जसअनुसार यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ । यस्तै सरकार प्रवक्ता समेत रहेको आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ ।



    यस्तै शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीलाई पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी समेत थपिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार