Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हेटौंडामा १० चक्के ट्रक खोलाले बगायो, दुई जना बेपत्ता

मकवानपुर । हेटौंडास्थित कर्रा खोलाले ट्रकसहित दुई जनालाई बगाएको छ ।

शिवम् सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको १० चक्के ट्रकसहित दुईजनालाई कर्रा खोलाले बगाएको मकवानपुरका प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

'ना४ख १४४० नम्बरको ट्रक कर्रा खोलामा आएको भेलले बगाएको छ,' एसपी राठौरले भने, 'ट्रकका चालक बद्री कार्की र गणेश थापा मगरलाई पनि बगाएको छ।'

खोलामा एक्कासि आएको भेलले उक्त ट्रकलाई बगाएको र हराएका दुईजनाको खोजी कार्य भइरहेको एसपी राठौरले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077