Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संक्रमितभन्दा निको हुनेको संख्या बढी, थप २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७५६  जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार २७४ जना संक्रमणमुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७७३ जनाको पीसीआर परीक्षणमा १ हजार ३५७ र ४ हजार ५६१ को एन्टिजेन परीक्षणमा ३९९ जना गरी १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ६७ हजार २७१ जना पुगेको छ ।

जसमध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा र २ हजार ३४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ८०९ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो आइतबार २,००४ जना संक्रमित थपिँदा १६ जनाको मृत्यु भएको थियो भने  १,८४६ जना डिस्चार्ज भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077