Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

माइक्रो सडबाट ४०० मिटर तल खस्दा एक जनाको मृत्यु, १० जना घाइते

काठमाडौं । शितगंगा नगरपालिका ठाडा, अर्घाखाँचीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु ३ ख ८६३९ नम्बरको हायस आज बिहान सितगंगा नगरपालिका–३ मा सडकदेखि करिव ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा भूमिकास्थान–९ ढिकुराका सञ्जय विकको मृत्यु भएको छ भने घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ।

घाइते छ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यलय ठाडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077