Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

विरामी परे ओली, भेटघाट बन्द

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष ओलीले नेता तथा कार्यकर्ता भेटघाट बन्द गरेका छन्।

पछिल्लो पटक बढेको सक्रियताका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएको ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए। प्रधानमन्त्री पदबाट हटेपछि नेकपा एमालेभित्र देखिएको पार्टी विभाजनले गर्दा ओलीको सक्रियता बढेको थियो।

बजगाईले सामान्य समास्या देखिएकाले अस्पताल जानुपर्ने अवस्था नरहेको जनाएका छन् । उनले भने–‘शरीरमा केही अफ्ठ्यारो भएर घरमा नै आराम गर्नु भएको हो। अस्पताल जानुपर्ने कुनै त्यस्तो समस्या देखिएको छैन ।’

शनिबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेला गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर, उक्त कार्यक्रममा ओली सहभागी नहुने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077