Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

देउवा र प्रचण्डलाई ओलीको प्रश्न : एमसिसीबारे किन बोल्नुहुन्न ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तापक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमसिसीबारे प्रष्ट पार्न आग्रह गरेका छन् ।

शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धारणा माग गरेका हुन् ।

एमसीसी झुक्याएर पास गर्न यसबारे गठबन्धनका नेताहरु चुप बसेकोप्रति आक्रोश पोख्दै उनले भने–‘एमसीसीबारे कोही बोल्दैनन्, के गर्ने हो भन्दैनन्, शेरबहादुर देउवाले भन्नुपर्दैन एमसीसी के गर्ने ?, प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ? उहाँहरु चुपचाप किन ? ’
चीनसँग सीमा विवाद नै नरहेको अवस्थामा सीमा विवाद समिति गठन गरेकोप्रति पनि ओली आक्रोशित बनेका थिए । चीनसँग सीमा विवाद देखाउन चुनौती दिंदै उनले भने–‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, कसलाई खुशी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाउनुप¥यो ? मेरो चुनौती छ यो समितिले कुनै ठाउँमा सीमा विवाद देखाओस् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077