Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ब्राजिल र अर्जेन्टिना भिड्दै : हालसम्मको तथ्याङ्कमा को बलियो ?

एजेन्सी । दक्षिण अमेरिकाको विश्वकप छनोट अन्तर्गत आइतबार राति ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आइतबार राति (सोमबार बिहान) १२ः४५ बजे शुरु हुनेछ।

उक्त खेलमा ब्राजिल कोपा अमेरिकाको फाइनलमा बेहोरेको हारको बदला लिने दाउमा हुनेछ। अर्जेन्टिना ब्राजिललाई पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानलाई मजबुत गराउने दाउमा हुनेछ।

हाल तालिकामा ब्राजिल ७ खेलबाट २१ अंकका साथ शीर्षस्थानमा छ। अर्जेन्टिना समान खेलबाट १५ अंकका साथ दोस्रो स्थानमा छ। इक्वीडर १२ अंकका साथ तेस्रो स्थानमा छ।

हालसम्म को बलियो ?

ब्राजिल र अर्जेन्टिनाबीच हालसम्म १ सय १२ पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये ४६ खेलमा ब्राजिल विजयी भएको छ भने ४१ खेलमा अर्जेन्टिना विजयी भएको छ। दुई टोलीबीचको २५ खेल बराबरीमा सकिएको छ।

अर्जेन्टिना र ब्राजिलबीच पछिल्लो पटक यसै वर्षको जुलाईमा कोपा अमेरिकाको फाइनल खेलमा भेट भएको थियो। सो खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोलले हराउँदै उपाधि जितेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077