Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विद्युतको खम्बाबाट खसेर १९ वर्षीय युवकको मृत्यु

ओखलढुङ्गा । विद्युतको खम्बाबाट खसेर एक युवकको ज्यान गएको छ। आज दिउँसो सोलु करिडोर प्रसारण लाइनको विद्युत्को खम्बाबाट खसेर सिद्धिचरण नगरपालिका–४ रुम्जटारका १९ वर्षीय निखिल फुँयालको मृत्यु भएको हो।

मानभञ्ज्याङ गाउँपालिका–७ माझीगाउँमा सोलु करिडोर ३३ केभी प्रसारण लाइनको विद्युत्को तार विस्तार गर्ने क्रममा खमबाबाट खसेर फुँयालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिए।

विद्युतको तार विस्तारका लागि खम्बामा चढ्दा हातमा करेन्ट लागेपछि खसेर ढुङ्गामा परी उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077