Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

संखुवासभामा पनि ओलीलाई धक्का : पार्टीका जिल्ला अध्यक्षसहित ३५ जिल्ला कमिटी सदस्य नेपालतिर

संखुवासभा । नेकपा (एमाले) सङ्खुवासभाका अध्यक्ष सहित ३५ जना जिल्ला कमिटी सदस्य नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका छन्। आज जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकबाट उनीहरूले एकीकृत समाजवादीलाई समर्थन गर्ने घोषण गरेका हुन्।

जिल्ला कमिटी अध्यक्ष हेमराज घिमिरेसहित ३५ जिल्ला कमिटी सदस्यले एकीकृत समाजवादी रोजेका हुन्। नेकपा (एमाले) २६ सचिवालय सदस्यमध्ये १५ समाजवादीमा खुलेका छन्।

सचिवालय सदस्य ऋषिकेशव चापागाईँ, कृष्णकुमार तामाङ, मानसिं पोखरेल, बद्री सापकोटा, सुमन शाक्य, केशरबहादुर महत, राजेन्द्र सुब्बा, योगराज गाउँले, डम्बरबहादुर श्रेष्ठ, केशकुमारी खत्री कार्की, डेगेश्वरी श्रेष्ठ, सरिता थापा खड्का, श्यामसुन्दर बोगटी, पदमकुमारी गुरुङ एकीकृत समाजवादी पार्टीमा लागेको हेमराज घिमिरेले बताए।

त्यसैगरी जिल्ला समन्वय समिति सुमन शाक्य, खाँदबारी नगरपालिका उप्रमुख डेगेश्वरी श्रेष्ठ, चैनपुर नगरपालिका उपप्रमुख मुना श्रेष्ठलगायत वडाध्यक्ष, सदस्यहरूको सनाखत गराउने तयारी भइरहेको जनाइएको छ।

माधवकुमार नेपाल पक्षमा रहेका जिल्ला कमिटी उपाध्यक्ष भीम लिङ्खा भने अहिले कतै खुलेका छैनन्। एमाले पूर्वअध्यक्ष तथा केन्द्रीय लेखा समिति सदस्य उमेशकुमार डाँगी पनि एकीकृत समाजवादीमा लागेका छन्। प्रदेशसभा सदस्य सरिता थापा, पदमकुमारी गुरुङ समाजवादी पार्टीमा सनाखत गराइसकेका छन्।

एकीकृत समाजवादीको बैठक सोमबारसम्म चल्ने घिमिरेले बताए। तीन दिनसम्म बैठकले आगामी रणनीति तयार गर्ने एकीकृत समाजवादी सङ्खुवासभाले जनाएको छ। बैठक शनिबारबाट सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077