Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दाङमा माछाले टोक्दा एकजनाको मृत्यु

दाङ । दाङमा अढाइ जातको माछाले टोक्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–१ सुन्डबरीका ४९ वर्षीय खिमबहादुर घर्ती रहेका छन्।

अढाइ माछाले टोकेर गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा लमही अस्पतालमा आज दिउँसो निधन भएको प्रहरीले जानकारी दिएको छ।

माछाले टोकेर बेहोस भएपछि उनलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो। तर उनलाई बचाउन नसकिएको बताइएको छ। हाल शवलाई पोस्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077