Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अफगान महिलाले सरकारमा सहभागिताको माग उठाएपछि तालिबानले के भन्यो ?

    अफगान महिलाले सरकारमा सहभागिताको माग उठाएपछि तालिबानले के भन्यो ?

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 2.5K
    SHARES

    एजेन्सी। तालिबानले अफगानिस्तानको सत्ता हातमा लिएपछि आफ्नो अधिकारका लागि देशको राजधानीमा दर्जनौँ महिलाहरूले आयोजना गरेको एउटा प्रदर्शनलाई तालिबान अधिकारीहरूले बिथोलिदिएका छन्।

    काबुलमा राष्ट्रपति भवनतर्फ अघि बढ्न लागेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास र पेपर स्प्रे प्रहार गरेको बताएका छन्।



    अफगानिस्तानको तोलो न्यूजका अनुसार तालिबानले उक्त प्रदर्शन नियन्त्रणबाहिर गएको बताएको छ।



    काबुलसहित अफगानिस्तानको हेरात सहरमा महिलाहरूले प्रदर्शनहरू गर्दै आएका छन्।

    प्रदर्शनकारीहरूले महिलालाई घरबाहिर काम गर्न दिइनुपर्ने तथा सरकारमा सहभागी गराइनुपर्ने माग राखेका थिए।

    तालिबानले महिलालाई मन्त्री बनाउला त ?

    केही दिनभित्रै सरकार गठनको तयारी भइरहेको बेला सरकारमा महिलालाई सहभागी गराउनुपर्ने माग उठेको हो।

    तालिबानले महिलाहरू सरकारमा सहभागी हुनसक्ने तर मन्त्री पद दिन नसकिने बताएको छ।

    अफगानिस्तानमा धेरै महिलाले यसअघि सन् १९९६ देखि २००१ अवधिको तालिबान शासनकालमा जस्तै महिलासँग असमान व्यवहार हुने चिन्ता व्यक्त गरेका छन्।

    यसअघिको तालिबान शासनमा महिलाहरूलाई घरबाहिर निस्किँदा अनुहार ढाक्न अनिवार्य गरिएको थियो भने सामान्य कसुरमा पनि कडा सजाय दिइने गरिएको थियो।

    ‘पच्चीस वर्षअघि तालिबान आउँदा उनीहरूले मलाई विद्यालय जान दिएका थिएनन् ,’ पत्रकार अजिता नाजिमीले भनिन्।

    ‘उनीहरूको पाँचवर्षे शासनपछि मैले २५ वर्ष पढेँ र मेहनतका साथ काम गरेँ। हाम्रो भविष्य राम्रो बनाउनका लागि पनि अब यस्तो हुन दिनुहुँदैन,’ उनी भन्छिन्।

    रोएटर्स समाचारसंस्थाले सोराया नाम गरेकी एक प्रदर्शनकारीलाई उद्धृत गर्दै तालिबानले महिलाहरूलाई बन्दुकको म्यागझिले टाउकामा रगताम्मे हुनेगरी हानेको जनाएको छ। (बीबीसीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार