Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अमेरिकामा अज्ञात समूहद्वारा मानिसहरूको भीडमा अन्धाधुन्ध गोली प्रहार, जानकारी दिनेलाई ७५ हजार डलरको इनाम घोषणा

एजेन्सी। अमेरिकाको राजधानी वासिङ्टन डी.सीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो ।

डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ, 'आक्रमणबाट तीन जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।'

डी.सी. प्रहरी प्रमुख रबर्ट कोन्टेले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार, संदिग्धहरू एक्कासी गाडीबाट बाहिर निस्किए र शनिबार राती मानिसहरूको भीडमा अन्धाधुन्ध गोली हानेका प्रत्यक्षदर्शीको भनाइ तथा प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मृतक सबै वयस्कहरू हुन् । प्रहरी प्रमुखले गोली चलाउने समूहको बारेमा जानकारी ल्याउने जोसुकैलाई पनि ७५ हजार अमेरिकी डलरको इनामको घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077