काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउने भएलगत्तै सदनको वैठक बोलाइएको छ । उक्त बैठकमा एमसीसी पारित गरिने हो कि भन्ने आशंका समेत नागरिकहरुले गर्न थालेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक भदौ २३ गते अपराह्न ४ बजे बस्ने गरी बोलाएकी छिन् । सम्झौता गरेको ४ वर्ष हुन लाग्दा पनि एमसीसी पारित नहुने छाँटकाँट नदेखिएपछि उपाध्यक्ष फातिमा नेपाल आउन लागेकी हुन् ।
एमसीसी परियोजना फिर्ता भए अन्तर्राष्ट्रिय समुदायमा नेपाल सरकारप्रतिको विश्वसनीयता गुम्न जाने र अन्य दातृ निकाय पनि संशकित हुने भएकाले प्रधानमन्त्री देउवा एमसीसी यो सदनबाट पारित गर्ने पक्षमा छन् ।
प्रधानमन्त्री देउवा एमसीसी सम्झौता अनुमोदन गराउने मनस्थितिमै अघि बढेपछि एकीकृत समाजवादी र माओवादी केन्द्रको आग्रहमा सम्झौताका विवादित विषयमा प्रस्ट पार्न एमसीसी मुख्यालयलाई पत्राचार गरिएको थियो । सोही विषयलाई स्पष्ट पार्न एमसीसी उपाध्यक्ष नेपाल आउन लागेको बताइएको छ।
तर, सरकारमा हुँदा एमसीसी पास गर्नुपर्छ भन्नेहरु प्रतिपक्षमा बसेपछि भने विरोध गर्न तम्सिहाल्ने प्रवृत्ति पुन:यसपटक पनि हावी भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उनी एमसीसीका पक्षधर थिए भने अहिले विरोधी बनेका छन् । माओवादी भने अस्पष्ट बुँदा स्पष्ट पारेर सम्झौता पारित गर्ने पक्षमा देखिन्छ । नेपाली कांग्रेस भने एमसीसी पारित गर्ने पक्षपातीको रुपमा रहँदै आएको छ ।
२०७४ भदौ २९ मा देउवा प्रधानमन्त्री भएकै बेला अर्थमन्त्रीका रूपमा एमसीसी सम्झौतामा हस्ताक्षर गरेका ज्ञानेन्द्र कार्की अहिले कानुनमन्त्री भएका बेला एमसीसी पास गर्नु पर्ने नैतिक दायित्व वढेको छ ।
एमसीसी भित्र के छ ? के हो एमसीसी ? हेर्नुहोस् पूर्णपाठ :