Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सीआईबीको इन्स्पेक्टर हुँ भन्दै धम्क्याउने पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को इन्स्पेक्टर हुँ भन्दै धम्क्याउने एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सल्यान जिल्ला दार्माकोट गापा २ बस्ने ३२ बर्षीय दिपेन्द्र रोकाया रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरले शनिबार बाँके बसपार्क एरियाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका रोकायाले उक्त एरियामा रहेका होटल तथा पसलहरुमा आफू सीआईबीको इन्स्पेक्टर रहेको भन्दै डर त्रास देखाएर असुलीमा संलग्न रहेका थिए।

पक्राउ परेका रोकायामाथि आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077